Song: Harauna Deu
Year: 2021
Viewed: 68 - Published at: 8 years ago

[Verse 1]
चुपचाप छौ आज किन? सुनसान भो केही त बोल न
मनका सबै कुरा खोली, नजिकै आउ न टाढा किन?
नाम मेरो बोलाऊ न तिम्रो कोमल ओठले
नजाऊ पर तान वर तिम्रो हातले
समाई मेरा औंलालाई तिमी आऊ डोर्याउन
अघि छु तिम्रो अघि तिमी पनि सँगै आऊ न

[Chorus]
तिमी मै हराउन देऊ
तिमी मै रमाउन देऊ
आजलाई हराउन देऊ
एकैछिन रमाउन देऊ

[Verse 2: Sushant KC]
खोल्न देउ केश तिम्रो बाधिराको
नराख भारी भारी त्यो दिमाग
गर विचार खुलेर सारा अभिलाषा आज पूरा म
गरि दिनेछु है भनिरख है
ओठमा तिम्रो म भनिराखुम के?
मायाको रंगले अँध्यारो रात नै रंगीविरंगी बनाई दिम
हराई दिम
[Verse 2]
तिम्रा आँखाले नै बोलिरहेका छन्
भाषा जुन बुझ्न परिराछ
के इशाराको खेल खेलिरा छौ?
छिटो गर माया यही पर्खिराछु
सोचिन मैले यो मनले भनेको म मान्छु नि जहिले
बसिरहने, तिमी मस्किरहने भए जान्छु नि अहिले

[Bridge]
हराए भने बाटोमा कतै देखाई देऊ न
गल्ती भए जानी नजानी सजाए देऊ न
समाई मेरा औंलालाई तिमी आऊ डोर्याउन
जादै छौ तिमी जहाँ मलाई पनि सँगै लैजाऊ न

[Chorus]
तिमी मै हराउन देऊ
तिमी मै रमाउन देऊ
आजलाई हराउन देऊ
एकैछिन रमाउन देऊ

( Swoopna Suman )
www.ChordsAZ.com

TAGS :