Song: Timile miss call तिमीले मिसकल गर्दा
Year: 2017
Viewed: 39 - Published at: 2 years ago

तिम्ले मिसकल गर्दा पन्ध्र तला माथि रंग लाउँदै थिएँ म
तिम्रो फोन आउँदा बाघेभीर माथि भारी लाउँदै थिएँ म

झिकुँ भन्दा मोबाइल, रंग को भाँडा झर्‍यो
यस्तो आपत पर्‍यो, विदा पर सर्‍यो
बोकुँ भन्दा भारी, अल्झिगयो सारी
भारी खोलो पारी, म चैँ खोलो वारि

मन छ कि मर्नु, सदरमुकाम सर्नु
दुख्यो होला गोडा, आफैँ मालिस गर्नु
छोडी आफ्नो घरगाम, जान्न सदरमुकाम
तिमी नभयेको सहर मलाई के काम?

तिम्ले मिसकल गर्दा पन्ध्र तला माथि रंग लाउँदै थिएँ म
तिम्रो फोन आउँदा बाघेभीर माथि भारी लाउँदै थिएँ म

मर्छु कि क्या हो, निद्रा कहाँ भाग्छ
जसलाई देखे पनि, तिमी हऊ कि लाग्छ
तेस्तो भयो भने, फोन गरिहाल्नु
छोरा-छोरी सम्झी धुप-बाति बाल्नु
शिरमा शिव राखेँ, अल्लाह नि भाकेँ
रेगिस्तान मा रारा, खोज्दाखोज्दै थाकेँ
मेरो पनि अचेल, दुखीरा'छ कपाल
झ्याल खोली हेर्छु, छैन मेरो हिमाल

तिम्ले मिसकल गर्दा पन्ध्र तला माथि रंग लाउँदै थिएँ म
तिम्रो फोन आउँदा बाघेभीर माथि भारी लाउँदै थिएँ म

( Aavaas, Meena Niraula )
www.ChordsAZ.com

TAGS :