Song: Muskan
Artist:  Axix
Year: 2016
Viewed: 13 - Published at: 10 years ago

[Verse 1]
के दिन सक्छु र तिमीलाई मैले
केवल आँसु नै त छ, बिछोडको क्षणमा
रुदैछु आज, आँसु लुकाएर
भावना मनका छल्किन्छन यी आँखामा

[Chorus]
तिम्रो त्यो मुस्कान सम्झदा मायालु
याद आउँछ बितेका ति रमाइला पलहरु
तिम्रो त्यो मुस्कान सम्झदा मायालु
याद आउँछ बितेका ति रमाइला पलहरु

[Verse 2]
जति टाढिए नि तिमी म बाट
हुनेछैनौ तिमी यो मन भन्दा टाढा
जति बगे पनि यी आँखाका आँसु
रहनेछौ तिमी सधैं नयनमा

[Verse 3]
दुई पलको साथ हाम्रो थामी राख्ने छु सधैं-सधैंलाई, माया
गीत ती सारा मनका भावना
गाउदैछु म तिमीलाई नै सम्झेर माया...
माया... (हा-हा)
माया
[Guitar]

[Bridge]
मिलनको आशाको दियो बालेर
बिदा गर्दैछ यी आँखा हाँसेर (Whoa-oh)

[Chorus]
तिम्रो त्यो मुस्कान सम्झदा मायालु (Whoa-oh)
याद आउँछ बितेका ति रमाइला पलहरु
तिम्रो त्यो मुस्कान सम्झदा मायालु (मायालु)
याद आउँछ बितेका ति रमाइला पलहरु

( Axix )
www.ChordsAZ.com

TAGS :